Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष

ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष

अर्थ प्लस
ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष

काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२र८३ को बजेट आईटीरआईसीटी क्षेत्रका लागि सकारात्मक रहेको निष्कर्ष कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले निकालेको छ।

सरकारलाई यसअघि पेश गरिएको २५ बुँदे सुझावमध्ये धेरैजसो माग बजेटले सम्बोधन गरेको ठहर गर्दै क्यान महासंघले बजेटप्रति आभार व्यक्त गरेको छ । सूचना प्रविधिलाई उद्योगको हैसियत दिने व्यवस्था, कर सहुलियत, सेवा निर्यातमा प्रोत्साहन, स्टार्टअपका लागि सहुलियत ब्याजदरमा कर्जा तथा कर छुट र पूर्वाधार निर्माणका लागि गरिएको व्यवस्था सराहनीय भएको क्यान महासंघले प्रतिक्रिया दिएको छ ।

क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले भनिन्, “बजेटले सूचना प्रविधि क्षेत्रलाई पहिलोपटक स्पष्ट रूपमा उद्योगको रूपमा चिनाएको छ । यो हाम्रो लामो समयदेखिको माग थियो । कर नीतिमा लचकता, स्टार्टअप प्रोत्साहन, सेवा निर्यात प्रवर्द्धनजस्ता विषयले हामीलाई आशावादी बनाएको छ । अब यसको प्रभावकारी कार्यान्वयन आवश्यक छ ।”

बजेटमा सूचना प्रविधिमा आधारित उद्योगलाई विशेष उद्योगसरह मानिने व्यवस्था गरिएको छ । बजेटको बुँदा ३८६ सूचना प्रविधिमा आधारित उद्योगलाई विशेष उद्योगसरह आयकर र विद्युत महसुल छुट दिने व्यवस्था गरिएको छ । यसले सूचना प्रविधिलाई उद्योगको रुपमा औपचारिक मान्यता दिने संकेत गरेको अध्यक्ष घिमिरेले बताइन् ।

बजेटमा पूर्वाधार विकासका क्षेत्रमा पनि महत्त्वपूर्ण कार्यक्रमहरू समावेश गरिएका छन् । डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करण तर्जुमा गरिने, काठमाडौंमा सूचना प्रविधि पार्क निर्माण, एकीकृत डेटा व्यवस्थापन केन्द्रको स्तरोन्नति, क्लाउड पूर्वाधार विकास र मध्यपहाडी क्षेत्रमा डेटा सेन्टर स्थापना जस्ता घोषणाले डिजिटल अर्थतन्त्रको आधार तयार पार्ने क्यान महासंघको विश्वास छ।

सम्बन्धित समाचार