Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

बजेटमा समावेश योजनाको समीक्षा गर्दै कांग्रेस, अर्थविद्हरूको जमघट रहने

बजेटमा समावेश योजनाको समीक्षा गर्दै कांग्रेस, अर्थविद्हरूको जमघट रहने

अर्थ प्लस
बजेटमा समावेश योजनाको समीक्षा गर्दै कांग्रेस, अर्थविद्हरूको जमघट रहने

काठमाडौं, जेठ २६ । सत्तारुढ नेपाली कांग्रेसले आगामी आर्थिक वर्ष २०८२/८३ को को बजेट तथा त्यसमा समावेश योजनाबारे विस्तृत छलफलसहितको समीक्षा गर्दै छ। कांग्रेसको आर्थिक तथा योजना विभागले आजका लागि बजेट समीक्षा कार्यक्रम आयोजना गरेको हो। 

कार्यक्रममा अर्थविज्ञ तथा योजनाविद्लाई आमन्त्रण गरेर बजेट र योजनाको समीक्षा गरिने कांग्रेसले जनाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको उपस्थितिमा हुने बजेट समीक्षामा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू पृथ्वीराज लिगल जगदीशचन्द्र पोखरेल, अर्थशास्त्री प्राडा विश्वम्भर प्याकरेल, आयोगका पूर्वसदस्य डा. पोषराज पाण्डे, प्राडा ओम शर्मा र प्राडा सञ्जय आचार्यलाई विज्ञका रुपमा निम्ताइएको छ।

विज्ञहरूले बजेट समीक्षा र योजनाबारे कार्यपत्र प्रस्तुत गर्नेछन्।

आगामी आर्थिक वर्षको बजेटमा राखिएका आयोजना, बजेट कार्यान्वयनको अवस्था, लगानी स्रोत, ठूला लगानीका योजनालगायत विषयमा अर्थविद्हरूले कांग्रेसलाई सुझाव दिने पार्टी प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले बताए। 

यसअघि गत वैशाख २० मा सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय आवश्यकतालाई समेटेर ल्याइएको निष्कर्ष कांग्रेस संसदीय दल बैठकले निकालेको थियो। नीति तथा कार्यक्रममा कांग्रेसका कुरा समेटिएको दाबी कांग्रेसको थियो।

यद्यपि सहकारी विकास मन्त्रालयअन्तर्गत तरुण दलको भवन निर्माणका लागि ३ करोड बजेट छुट्याएपछि मन्त्री प्रकाशनमान सिंह र कांग्रेस नेतृत्वको विरोध हुँदै आएको छ।

जनताको पैसाबाट पार्टी कार्यालय बनाउन लागेको भन्दै नागरिक स्तर र सामाजिक सन्जालमा कांग्रेस नेताहरुप्रति कडा टिप्पणी आइरहेका छन्।

सम्बन्धित समाचार