Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

ऊर्जामन्त्रीसँग विश्व बैँकका क्षेत्रीय निर्देशक गुप्ताको भेट, लगानीका विषयमा छलफल

ऊर्जामन्त्रीसँग विश्व बैँकका क्षेत्रीय निर्देशक गुप्ताको भेट, लगानीका विषयमा छलफल

अर्थ प्लस
ऊर्जामन्त्रीसँग विश्व बैँकका क्षेत्रीय निर्देशक गुप्ताको भेट, लगानीका विषयमा छलफल

काठमाडौँ, जेठ २९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पङ्कज गुप्ताले भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा विश्व बैंकले नेपालका जलविद्युत् क्षेत्रमा गरेको लगानीका विषयमा छलफल भएको थियो। भेटमा ऊर्जामन्त्री खड्काले नेपालका जलविद्युत् आयोजनामा विश्व बैंकले हालसम्म गरेको लगानीप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे।

उनले अप्पर अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको कार्यलाई चाँडो टुङ्गोमा पुर्‍याउनसमेत विश्व बैंकसँग आग्रह गरेका थिए।

यस्तै, विद्युत्को आपूर्ति सुदृढीकरण गर्ने विषयमासमेत बैठकमा छलफल भएको थियो। भेटमा विश्व बैंकका क्षेत्रीय निर्देशक गुप्ताले विश्व बैँकले अप्पर अरुण जलविद्युत् आयोजनालाई विश्व बैँकले प्राथमिकतामा राखेको बताएका थिए। 

भेटमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिवद्वय चिरञ्जीवी चटौत, सागरराज गौतम, विश्व बैंक नेपालका देशीय निर्देशक डेभिड सिस्लेनलगायतको सहभागिता रहेको थियो। 

सम्बन्धित समाचार