Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

स्टार्टअप कर्जाः छनोटमा परेका ६६१ मध्ये हालसम्म ७८ उद्यमीले लिए ८ करोड कर्जा

स्टार्टअप कर्जाः छनोटमा परेका ६६१ मध्ये हालसम्म ७८ उद्यमीले लिए ८ करोड कर्जा

अर्थ प्लस
स्टार्टअप कर्जाः छनोटमा परेका ६६१ मध्ये हालसम्म ७८ उद्यमीले लिए ८ करोड कर्जा

काठमाडौं। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले चालू आर्थिक वर्षका लागि स्टार्टअप कर्जामा ६६१ उद्यमी छनोट भएकामा हालसम्म ७८ जनाले ८ करोड २५ लाख रुपैयाँ स्टार्टअप कर्जा लिएको जनाएको छ। आगामी असारभित्र छनोट भएका सबै उद्यमीलाई कर्जा प्रवाह गरिने प्रतिष्ठानले बताएको छ।

प्रतिष्ठानले गत भदौ ११ मा कर्जा प्रवाहका लागि परियोजना प्रस्ताव आह्वान गरेको थियो। ५ हजार १५८ उद्यमीले प्रस्ताव दर्ता गरेका थिए।

तीमध्ये पुस १९ मा १ हजार ३१४ उद्यमी परियोजना प्रस्तुतीकरणका लागि छनोट भएका थिए। छनोट भएकामध्ये १ हजार ७३ उद्यमीले पुस अन्तिम सातादेखि चैतको दोस्रो सातासम्म परियोजना प्रस्तुतीकरण गरेका थिए।

गत वैशाख २१ मा स्टार्टअप कर्जा पाउन योग्य ६६१ उद्यमीको नाम प्रतिष्ठानले सार्वजनिक गरेको थियो। कर्जाका लागि सिफारिस भएका उद्यमीले नामसूची सार्वजनिक भएको ४५ दिनभित्र तोकिएका बैंकको शाखा कार्यालयमा सम्पर्क नगरे परियोजना प्रस्ताव र सिफारिस रकम स्वतः रद्द हुने प्रतिष्ठानको भनाइ छ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा सरकारले स्टार्टअप कर्जा प्रवाहका लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको छ। प्रतिष्ठानले ७७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्नेछ।

उद्यमीलाई न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा वितरण गरिनेछ। गत आर्थिक वर्ष प्रतिष्ठानले १६५ उद्यमीलाई २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

सम्बन्धित समाचार