Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

देशको विकासको गति तिव्र रूपमा अगाडि बढाउन आवश्यक : गभर्नर पौडेल

देशको विकासको गति तिव्र रूपमा अगाडि बढाउन आवश्यक : गभर्नर पौडेल

अर्थ प्लस
देशको विकासको गति तिव्र रूपमा अगाडि बढाउन आवश्यक : गभर्नर पौडेल

काठमाडौं, जेठ ३० । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले देशको विकासको गति तिव्र रूपमा अगाडि बढाउन आवश्यक रहेको बताएका छन् । आइएमई लिमिटेडको २५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले  आइएमई लिमिटेडले विगतदेखि नै देशको विकासमा योगदान गर्दै आइरहेको भन्दै आगामी दिनमा पनि योगदानको निरन्तरता रहने विश्वास व्यक्त गरे । 

उनले भने, “हाम्रो देशको विकासको जुन गति छ यसलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने छ । सक्दाखेरी र सक्नेजति जति यो देशको लागि योगदान गर्नुभएको छ । यो योगदानचाँही निरन्तर रूपमा रहिरहोस् ।” 

त्यस्तै उनले प्रायजसो कम्पनीहरू चाँडै बन्द हुने अवस्था रहेकोमा आइएमई लिमिटेड २५ वर्षसम्म चल्नु पनि ठूलो कुरा रहेको धारणा राखे ।उनले भने, “हाम्रो जस्तो देशमा २५ वर्षसम्म यसरी कम्पनीहरू चल्नुपनि ठूलो कुरा हो । धेरै कम्पनीहरूको चाँडै बन्द हुन्छ ।”

सम्बन्धित समाचार