Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

पूर्वअर्थमन्त्री महतले बजेटको आलोचना गर्दै भने “कार्यविधि पालना भएन”

पूर्वअर्थमन्त्री महतले बजेटको आलोचना गर्दै भने “कार्यविधि पालना भएन”

अर्थ प्लस
पूर्वअर्थमन्त्री महतले बजेटको आलोचना गर्दै भने “कार्यविधि पालना भएन”

काठमाडौँ, असार १ । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा तीन करोड रुपैयाँभन्दा कम लागतका आयोजना राखेकोमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलप्रति आलोचना गरेका छन् ।

आइतबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै डा.महतले तीन करोडभन्दा तलको आयोजना प्रस्तावित नगर्ने कार्यविधि पालना नभएको उल्लेख गरेका हुन् ।

उनले  भने, ‘संघीय बजेटले तीन करोडभन्दा तलको आयोजना प्रस्तावित नगर्ने जुन कार्यविधि बनाएका थियौँ त्यो कार्यविधिलाई कार्यान्वयन गर्ने कोसिस गरेको छ । तरपनि तीन करोडको जुन सीमामा बजेट विनियोजन गर्ने, कम्तिमा पनि तीन करोडभन्दा तल बजेट नराख्ने कुरामा जति अर्थमन्त्रीजी त्यसमा अझ सशक्त हुनुपथ्र्यो भएको देखिएन् । त्यसमा कतिपय बजेट प्रस्तावहरू तीन करोड नै रहेको अवस्था छ । देशको आवश्यकता बजेटमा अनुशासन, विनियोजनमा अनुशासन र परिणाममुखी विनियोजन नै हो । त्यसबाट मात्रै आर्थिक वृद्धिको लक्ष्यमा सरकारी लगानीले योगदान गर्न सक्छ । आउँदा दिनमा सरकार अझ सशक्त ढङ्गबाट बजेट कार्यान्वयनको सिलसिलामा परिणाममुखी आयोजनाहरूलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्छ भन्ने मलाई लागेको छ ।’

साथै उनले आगामी बजेटले विनियोजन अराजकता र अनुशासनहीनता पनि अन्त्य गरेको बताए । उनले आउँदा दिनमा सरकारले अझ सशक्त ढङ्गबाट बजेट कार्यान्वयनको सिलसिलामा परिणाममुखी आयोजनाहरूलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार