Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

निवर्तमान अर्थमन्त्री महतको दाबी– अर्थतन्त्र सुधारको आधार तयार बनाएको थिए

निवर्तमान अर्थमन्त्री महतको दाबी– अर्थतन्त्र सुधारको आधार तयार बनाएको थिए

अर्थ प्लस
निवर्तमान अर्थमन्त्री महतको दाबी– अर्थतन्त्र सुधारको आधार तयार बनाएको थिए

काठमाडौ, २५ फागुन । निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र सुधारको आधार तयार बनाएको दाबी गरेका छन् । 

बिहीवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै निःवर्तमान अर्थमन्त्री महतले प्रधानमन्त्रीले लगाएको जस्तो अर्थतन्त्र सुधारको काम नगरेको आराप गलत भएको बताएका हुन् । 

उनले अर्थतन्त्र संकटमा भएको बेला अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेर अर्थतन्त्रलाई लयमा ल्याउने काम आफूले गरेको जिकिर गरे । 

उनले अर्थतन्त्र लयमा ल्याउने काम गरेकाले आर्थिक वृद्धि र हुने अवस्थाको सिर्जना हुने आधार समेत तयार बनाएको दाबी गरे ।

उनले अर्थतन्त्र सुधारउन्मुख अवस्थामा ल्याउने काम ११ महिनामा गर्न सफल भएको भन्दै प्रधानमन्त्रीले आरोप लगाउने भन्दा पनि तथ्याङ्कले देखाउने दाबी गरे । 

उनले अर्थतन्त्रमा देखिएका विकृतिहरु,बजेट प्रणालीमा देखिएका अनुशासनहिन्ताहरुलाई निरन्तरता दिएकाले अपेक्षा भन्दा बढी काम गर्न नसकको बताए । 

डा. महतले बजेट प्रणालीमा अनुशासन कायम गर्ने काम गरेको पनि बताए । उनले मुलुकमा विदेशीहरुले लगानी गर्ने राम्रो वातावरण बनाएको पनि दाबी गरे । 

उनले अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक हुँदा पनि तर प्रधानमन्त्रीले त्यसबाट आफू खुशी भइन भन्नु निधार असत्य भएको बताए । 

उनले प्रधानमन्त्रीले लिएको निर्णय देश र जनताको लागि उपयुक्त नभएको भन्दै राजनीतिमा विश्वास नहुने सन्देश प्रधानमन्त्रीले प्रमाणित गरेको आरोप लगाए । 

सम्बन्धित समाचार