Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

साउनदेखि बढ्ने भयो इसिडी शिक्षक, लेखापालदेखि कार्यालय सहयोगीसम्मको तलब

साउनदेखि बढ्ने भयो इसिडी शिक्षक, लेखापालदेखि कार्यालय सहयोगीसम्मको तलब

अर्थ प्लस
साउनदेखि बढ्ने भयो इसिडी शिक्षक, लेखापालदेखि कार्यालय सहयोगीसम्मको तलब

काठमाडौँ , असार ५ । आगामी आर्थिक बर्ष २०८२/०८३को साउनदेखि बाल विकास शिक्षक, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको मासिक तलब बढ्ने भएको छ । सरकारले बजेट भाषणमार्फत सशर्त अनुदान वृद्धि गरेको हो। 

सोही अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई परिपत्र गर्दै सङ्घीय सरकारबाट उपलब्ध गराउने पारिश्रमिक वृद्धि हुने भएको हो। 

बजेटमा सरकारले ‘सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बाल विकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बापत सङ्घीय सरकारबाट उपलब्ध गराइँदै आएको सशर्त अनुदान बृद्धि गरेको थियो । 

जसका लागि सरकारले १० अर्ब १६ करोड बजेट विनियोजन गरेको थियो । तलब बढेसँगै अब साउनदेखि बाल विकास शिक्षकले मासिक १२ हजार, लेखापालले १५ हजार र विद्यालय सहयोगीले १० हजार पाउने भएका छन् । 

शिक्षा मन्त्रालयले बजेट उपशीर्षकमा सशर्त अनुदानमा वित्तीय हस्तान्तरण अन्तर्गतको रकम वृद्धि गरिएको हो । हाल बाल विकास शिक्षकहरूले सङ्घीय सरकारबाट १० हजार रुपैयाँ तलबबापत प्राप्त गर्दै आएकोमा आगामी आर्थिक वर्षदेखि १२ हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । 

त्यस्तै, लेखापालले १३ हजार ५०० रुपैयाँ पाउँदै आएकोमा साउनदेखि १५ हजार रुपैयाँ र कार्यालय सहयोगीले ८ हजार पाउँदै आएकोमा अब १० हजार पाउनेछन् । 

note.JPG

सम्बन्धित समाचार