Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

अर्थ प्लस
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक, असार ७ । यहाँको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु एक अर्ब २४ करोड ६५ लाख १३ हजार २८६ को बजेट प्रस्ताव गरिएको छ । आज नगरसभाको १६औँ अधिवेशनको बैठकमा आउँदो आवको वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो । 

नगरप्रमुख शान्तिरत्न शाक्यले वार्षिक नीति तथा कार्यक्रम र उपप्रमुख विमला सापकोटा दाहालले विनियोजन विधेयक र आर्थिक विधेयक प्रस्तुत गरेकी थिइन् । शाक्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको ज्ञान, सीप र क्षमताको स्थानीय विकासमा उपयोग गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । 

यस्तै नीति तथा कार्यक्रममा नगर क्षेत्रभित्र रात्रिकालीन व्यवसाय सञ्चालनार्थ सरोकारवाला पक्षहरूसँग आवश्यक समन्वय गरिने तथा किसान परिचयपत्रलगायत व्यवस्था उल्लेख छ । 

दाहालको आर्थिक विधेयकमा भने बनेपा नगरमा करको दायरामा नआएका करदाताको हकमा आर्थिक वर्ष २०७४र७५ लाई आधार वर्ष मानी व्यवसाय कर असुल गरिने उल्लेख गरिएको छ ।

बिहीबार धुलिखेल नगरले आफ्नो १७ औँ सभामा रु एक अर्ब १८ करोड ४८ लाख ५० हजार बराबरको बजेट पारित गरेको थियो ।

सो सभामा विनियोजन विधेयक २०८२ का साथै वार्षिक नीति तथा कार्यक्रम २०८२, आर्थिक विधेयक २०८२, धुलिखेल नगरको स्थिति समीक्षा २०८२ र धुलिखेल नगरको लेखा समिति गठन र सञ्चालन नियमावली २०८२, धुलिखेल नगरको जग्गा विकास निर्देशिका २०७८ संशोधन २०८२, धुलिखेल नगरपालिकाको ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ संशोधन २०८२, न्यायिक समितिको वार्षिक प्रतिवेदनसमेत पारित गरिएको छ ।

सम्बन्धित समाचार