Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाले भने- ‘टेक एन्ड पे’को व्यवस्था हटाउनु

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाले भने- ‘टेक एन्ड पे’को व्यवस्था हटाउनु

अर्थ प्लस
प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाले भने- ‘टेक एन्ड पे’को व्यवस्था हटाउनु

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बजेटमा समावेश गरिएको ‘टेक एण्ड पे’को व्यवस्था हटाउनुपर्ने बताएका छन्।

सभापति देउवाले प्रतिनिधिसभाको आफ्नै कार्यकक्षबाट प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडललाई फोन गरेर उक्त व्यवस्था हटाउन भनेका हुन्।

एक कांग्रेस पदाधिकारीका अनुसार प्रधानमन्त्री ओलीसँग देउवा आफैँ बैठकमा सहभागी भएर ‘टेक एण्ड पे’को व्यवस्था हटाउने बारे छलफल गर्ने भएका छन्।

ऊर्जा मन्त्री दीपक खडकाले संसद्‌मा बोल्दा पनि बजेटमा उक्त व्यवस्था संशोधन भएर आउने विश्वास राखेका थिए। कांग्रेसका सांसदहरूले निजी क्षेत्रलाई समाप्त पार्नका लागि यस्तो व्यवस्था बजेटमा राखिएको भन्दै विरोध गरिरहेका छन्।

सम्बन्धित समाचार