Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

प्रदेशको बजेटमा मनलाग्दी, बागमती प्रदेशको बजेट गण्डकी प्रदेशको जिल्लामा

प्रदेशको बजेटमा मनलाग्दी, बागमती प्रदेशको बजेट गण्डकी प्रदेशको जिल्लामा

अर्थ प्लस
प्रदेशको बजेटमा मनलाग्दी, बागमती प्रदेशको बजेट गण्डकी प्रदेशको जिल्लामा

काठमाडौं- सातै प्रदेश र अधिकांश स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याइसकेका छन् । काठमाडौं महानगर लगायत केही स्थानीय तहले भने आन्तरिक विवादका कारण  अझैं बजेट ल्याउन सकेका छैनन् ।

अहिले प्रदेशसभा र संघीय संसदमा समेत बजेटमाथिको छलफल चलिरहेको छ । प्रदेशमा आफ्नो अनुकुलतामा बजेट ल्याएको भन्दै प्रदेशसभा सदस्यहरुले अर्थमन्त्री र मुख्यमन्त्रीसँग असन्तुष्टि पोखिरहेका छन् ।

बागमती प्रदेशमा झनै अर्थमन्त्री कुन्दनराज काफ्लेले बजेट निर्माण गर्दा पूरै आफ्नो कब्जामा लिएर गरेको आरोप उनकै दलका नेताहरुले  बताइरहेका छन् । दोलाखाबाट बागमती प्रदेशसभामा निर्वाचित काफ्लेले आफ्नो जिल्लामा अत्यधिक बजेट छुट्याएको र अन्यत्र नदिएको गुनासो बढेको छ । 

यहीबीच उनै बागमतीका अर्थमन्त्री काफ्लेले आफ्नो प्रदेशको बजेटमा अर्को प्रदेशको जिल्लालाई बजेट विनियोजन गरेको पाइएको छ ।बागमती सरकारको बजेट गण्डकी प्रदेश अन्तर्गत रहेको पूर्वी नवलपरासीको कावासोती क्षेत्रमा विनियोजन गरिएको भन्दै कांग्रेसकै प्रदेशसभा सदस्यहरुले विरोध जनाएका छन् ।

बागमतीको बजेट कितावमा गण्डकी प्रदेशमा रहेको पूर्वी नवलपरासीस्थित कावासोती नगरपालिका २ को शिव माध्यमिक विद्यालय परिसरको पूर्वाधार निर्माण गर्ने उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार