Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

दुई करोड ३१ लाखमा बन्यो दरखोलामा झोलुंगे पुल

दुई करोड ३१ लाखमा बन्यो दरखोलामा झोलुंगे पुल

अर्थ प्लस
दुई करोड ३१ लाखमा बन्यो दरखोलामा झोलुंगे पुल

म्याग्दी– धौलागिरि गाउँपालिका–३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथि रु दुई करोड ३१ लाख ३६ हजार ७५० को लागतमा ३६६ मिटर लामो झोलुंगे पुल निर्माण भएको छ । 

पोखरास्थित स्थानीय पूर्वाधार विकास आयोजनाले पुुल निर्माण गरेको हो । पुल बनेपछि धौलागिरि चक्रीय पदमार्गमा जाने पर्यटकलाई सहज भएको छ ।  साथै दर, मुदी, खिवाङ, नेरवाङ, बगर, नाउराका बासिन्दा लामो बाटो भएर गाउँपालिकाको केन्द्र मुना पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । 

विसं २०८२ को मङ्सिरसम्ममा पूरा गर्नेगरी सम्झौता भएकामा निर्माण कम्पनीले हाले काम पूरा गरेर पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरेसँगै पुल सञ्चालनमा आएको हो । दुई करोड ३१ लाखमा बन्यो झोलुङ्गे पुल

सम्बन्धित समाचार