काठमाडौं । राष्ट्रिय सभाको शुक्रवारको बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित गरेको छ । राष्ट्रियसभाले उक्त विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए ।
उक्त प्रस्ताव राष्ट्रिय सभा बैठकबाट बहुमतले पारित भएको छ ।
