Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

साउनदेखि नियुक्त हुने कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

साउनदेखि नियुक्त हुने कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

अर्थ प्लस
साउनदेखि नियुक्त हुने कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरूलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ ।   

मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको हो ।

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।      

सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूले देहाय बमोजिम गर्न गराउन हुन माननीय उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीस्तरको मिति २०८२/३/२० को निर्णयानुसार अनुरोध छ ।

515588002_1458647618624355_585361727193249332_n_k273qVNxwU.jpg

सम्बन्धित समाचार