Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सरकारी खर्चको अन्तिम समयसीमा आज मात्रै, एकैदिन १९५ अर्ब भुक्तानी गर्नुपर्ने दबाव

सरकारी खर्चको अन्तिम समयसीमा आज मात्रै, एकैदिन १९५ अर्ब भुक्तानी गर्नुपर्ने दबाव

महालेखा नियन्त्रक कार्यालयले अत्यावश्यक बाहेक असार २५ पछि चेक काट्न रोक लगाएपछि चालु वर्षका अधिकांश खर्च आजै गर्नुपर्ने अवस्था आएको हो ।

अर्थ प्लस
सरकारी खर्चको अन्तिम समयसीमा आज मात्रै, एकैदिन १९५ अर्ब भुक्तानी गर्नुपर्ने दबाव

काठमाडौँ - सरकारले बुधबार एकैदिन करिब १ खर्ब ९५ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्नुपर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को अन्तिम दिन बुधबार भएकोले अन्तिम दिन भएकाले सरकारलाई एकैदिन करिब १ खर्ब ९५ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्नुपर्ने बाध्यता उत्पन्न भएको हो। 

महालेखा नियन्त्रक कार्यालयले अत्यावश्यक बाहेक असार २५ पछि चेक काट्न रोक लगाएपछि चालु वर्षका अधिकांश खर्च आजै गर्नुपर्ने अवस्था आएको हो । 

चालु आर्थिक वर्षको १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेटमध्ये सरकारले असार २४ गतेसम्म १४ खर्ब ६६ अर्ब ५८ करोड (७८.८४ प्रतिशत) मात्र खर्च गरेको छ। 

संशोधित अनुमान अनुसार चालुतर्फ १० खर्ब ९ अर्ब ४८ करोड, पुँजीगततर्फ २ खर्ब ९३ अर्ब ८६ लाख र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ५८ अर्ब ४६ करोड रुपैयाँ खर्च हुने लक्ष्य छ, तर अहिलेसम्म क्रमशः ९ खर्ब ६४ अर्ब १ करोड, १ खर्ब ८६ अर्ब ६१ करोड र ३ खर्ब १५ अर्ब ९६ करोड खर्च मात्र भएको छ। 

त्यसैले लक्ष्य अनुसार आजै ४५ अर्ब ४७ करोड चालु, १ खर्ब ७ अर्ब २५ करोड पुँजीगत र ४२ अर्ब ५० करोड वित्तीय व्यवस्थातर्फको रकम भुक्तानी दिनुपर्ने अवस्था देखिएको छ।

सम्बन्धित समाचार