काठमाडौं। काठमाडौं महानगरले चालु आर्थिक वर्षमा जम्मा ५२.१३ प्रतिशत खर्च गरेको छ।
महानगरले ल्याएको २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेटमध्ये खर्च गर्न पाउने अन्तिम मिति असार २५ गतेसम्म १३ अर्ब ३ करोड ७४ लाख ६० हजार रुपैयाँ खर्च भएको हो।
यो खर्चमध्ये पुँजीगततर्फ ६ अर्ब ७३ करोड ७४ लाख ८० हजार रुपैयाँ तथा चालुतर्फ ६ अर्ब ६२ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ।
यो वर्ष महानगरले पुँजीगततर्फ १५ अर्ब ६ करोड ५६ लाख १ हजार रुपैयाँ तथा चालुतर्फ ९ अर्ब ८२ करोड २० लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। यो खर्च ४४.७२ प्रतिशत र ६३.४२ प्रतिशत हुन आउँछ।
असार २७ गतेसम्म महानगरले कुल १० अर्ब ३२ करोड ३० लाख ४९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।
