Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

साउनदेखि सबै भुक्तानी अब विद्युतीय प्रणालीमार्फत

साउनदेखि सबै भुक्तानी अब विद्युतीय प्रणालीमार्फत

सरकारी र सार्वजनिक निकायबाट हुने नगद तथा चेकमार्फत हुने भुक्तानी रोकिने

अर्थ प्लस
साउनदेखि सबै भुक्तानी अब विद्युतीय प्रणालीमार्फत

काठमाडौँ - अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ ।

अर्थतले सबै मन्त्रालय, नेपाल राष्ट्र  बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको हो । आर्थिक वर्ष २०८२।८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले परिपत्र जारी गरेको हो ।

अब सार्वजनिक निकायबाट हुने सबै प्रकारको भुक्तानी अनिवार्य विद्युतीय प्रणालीबाट गर्नुपर्ने भएको छ । उक्त परिपत्रसँगै सरकारी र सार्वजनिक निकायबाट हुने नगद तथा चेकमार्फत हुने भुक्तानी रोकिनेछ । बजेटको बुँदा नम्बर ३३५ मा अब सबै प्रकारको भुक्तानीलाई अनिवार्य विद्युतीय प्रणाली मार्फत गर्ने उल्लेख थियो ।

सम्बन्धित समाचार