काठमाडौं। नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका जहाजको किस्ताबापत २०८२ असार ३२ गते ५३ करोड ९ लाख ५५ हजार भुक्तानी गरेको छ।
दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८२ असार मसान्तसम्मको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी सो रकम भुक्तानी गरेको सुवास डाँगीले जानकारी दिए।
निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात जहाज खरिदसम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत २०८२ असार मसान्तसम्मको अवधिमा कुल सात अर्ब ९२ करोड १४ लाख ६३ हजार ३७६ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको जनाएको छ।
