Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

विद्युतीय सवारी खरिदमा ४३ अर्ब ९९ करोड रुपैयाँ खर्च, साढे ४४ हजार युनिट आयात

विद्युतीय सवारी खरिदमा ४३ अर्ब ९९ करोड रुपैयाँ खर्च, साढे ४४ हजार युनिट आयात

अर्थ प्लस
विद्युतीय सवारी खरिदमा ४३ अर्ब ९९ करोड रुपैयाँ खर्च, साढे ४४ हजार युनिट आयात

काठमाडौं- गत आर्थिक वर्ष २०८१/८२ मा कुल ४३ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ बराबरको विद्युती सवारी साधन आयात भएको छ ।   

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष ४४ हजार ५३५ युनिट विद्युतीय सवारी (स्कुटर, मोटरसाइकल, थ्री ह्वीलर, बस, माइक्रोबस, कार, जीप, भ्यान) आयात भएका हुन् । त्यसबापत सरकारले कुल २२ अर्ब ७६ करोड रुपैयाँ राजस्व पाएको छ ।

गत आवमा सबैभन्दा धेरै १६ हजार ५०५ युनिट इलेक्ट्रीक थ्री ह्वीलर आयात भएको छ । जसमा ९ हजार ७२८ युनिट तयारी र ६ हजार ७७७ युनिट अनएसेम्बल्ड रहेको छ । गत आवमा कुल १ अर्ब ६८ करोड रुपैयाँ बराबरको इलेक्ट्रीक थ्री ह्वीलर आयात भएको हो ।

त्यस्तै, गत आवमा दोस्रो धेरै विद्युतीय कार, जीप, भ्यान आयात भएको छ । ३१ अर्ब ७६ करोड रुपैयाँ बराबरको १३ हजार ५७८ युनिट विद्युतीय कार, जीप भ्यान आयात भएको छ । यसबापत सरकारले १९ अर्ब ७० करोड रुपैयाँ राजस्व पाएको छ ।

गत वर्ष सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट मोटर क्षमताका ७ हजार ४३१ युनिट विद्युतीय कार, जीप, भ्यान आयात भएको विभागको तथ्यांक छ । त्यस्तै, ५० किलोवाटसम्मको ४ हजार ७३२ युनिट, १०१ देखि २०० किलोवाटसम्मको १ हजार ३६२ युनिट, २०१ देखि ३०० किलोवाटसम्मको ४२ युनिट र ३०० किलोवाट माथिको २ युनिट कार, जीप भ्यान आयात भएको छ ।

त्यसैगरी, गत वर्ष ४ अर्ब ३९ करोड रुपैयाँ बराबरको ११ हजार ३१९ युनिट विद्युतीय मोटरसाइकलरस्कुटर आयत भएको छ । यसबापत सरकारले साढे ३७ करोड रुपैयाँ राजस्व पाएको छ ।

गत आवमा ९ अर्ब ४८ करोड रुपैयाँ बराबरको ३ हजार १३२ युनिट विद्युतीय माइक्रोबस र बस आयात भएको छ । जसमा ११ देखि १४ सिटसम्मको १ हजार ८३०, १५ देखि २५ सिटसम्मको १ हजार २६० युनिट र १६ युनिट बस रहेको छ । विद्युतीय माइक्रोबस र बस आयात बापत सरकारले २ अर्ब १० करोड रुपैयाँ राजस्व पाएको छ ।

सम्बन्धित समाचार