Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

एमएडब्लु ग्रुपले सोकोन इसी ३६ विद्युतीय भ्यान नेपाल ल्याउँदै

एमएडब्लु ग्रुपले सोकोन इसी ३६ विद्युतीय भ्यान नेपाल ल्याउँदै

अर्थ प्लस
एमएडब्लु ग्रुपले सोकोन इसी ३६ विद्युतीय भ्यान नेपाल ल्याउँदै

काठमाडौं, ४ चैत । एमएडब्लु वृद्धि अटोकर्पले नेपाली बजारमा नयाँ इलेक्ट्रिक भ्यान सोकोन ईसी ३६ ल्याउने भएको छ। ११ सिटे विद्युतीय भ्यान नेपाल भित्र्याउन लागिएको हो ।

एमएडब्लु ग्रुपले हाल नेपाली बजारमा यामाहा, जेसीबी, स्कोडा, जिप, आइसर, चांगान, फियाट, सेरेस र फोटोन लगायतका विभिन्न ब्रान्ड बिक्री–वितरण गरिरहेको छ नेपालभर यो ग्रुपका ३५० भन्दा बढी टच प्वाइन्ट रहेका छन्।

ग्रुपले स्मार्ट इलेक्ट्रिक भेइकल, सुपर अर्बन एसयूभी, कम्प्याक्ट एमपीभी, इलेक्ट्रिक लाइट कमर्सियल भेइकल जस्ता सवारी साधनमा विशेषज्ञता हासिल गरेको छ। आगामी अप्रिल महिनादेखि सोकोन ईसी ३६ को बिक्री–वितरण सुरु गर्ने योजना कम्पनीको रहेको छ।

सम्बन्धित समाचार