Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

अर्थ प्लस
सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

काठमाडौं– सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१र८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको ब्याजबापतको रकम वितरण गरेको छ ।

कोषले सो योजनाअन्तर्गत २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा रु दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार ८२८ ब्याज वितरण गरेको सूचना अधिकारी डा रोशन कोजुले जानकारी दिए । कोषले गत आवमा वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकममा गत चैत ४ गतेसम्म ५।५ प्रतिशत र चैत ५ गतेदेखि असार मसान्तसम्म पाँच प्रतिशतले ब्याज दिएको हो ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका छ लाख तीन हजार ४२६, वैदेशिक रोजगारीमा रहेका १७ लाख ८५ हजार ५७३, अनौपचारिक ७२० र स्वरोजगार ४२२ गरी कुल २३ लाख ९० हजार १४१ योगदानकर्ता सूचीकृत भएका छन् ।

कोषमा रु ८६ अर्ब ८६ करोड योगदान सङ्कलन भएको छ । कोषले विभिन्न सुविधा योजनाअन्तर्गत योगदानकर्तालाई रु १५ अर्ब ७७ करोड दाबी भुक्तानी गरेको छ । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ ।

सम्बन्धित समाचार