Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

काँकडभिट्टा नाकाबाट करिब २० अर्बको पेट्रोलियम पदार्थ आयात, नौ अर्ब माथिको राजस्व संकलन

काँकडभिट्टा नाकाबाट करिब २० अर्बको पेट्रोलियम पदार्थ आयात, नौ अर्ब माथिको राजस्व संकलन

अर्थ प्लस
काँकडभिट्टा नाकाबाट करिब २० अर्बको पेट्रोलियम पदार्थ आयात, नौ अर्ब माथिको राजस्व संकलन

काठमाडौं- गत आर्थिक वर्ष २०८१/८२ मा पूर्वीनाका काँकडभिट्टाबाट रु १९ अर्व ९४ करोड १६ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एल पि ग्यास, एटीएफ, मट्रितेल आयात भएको हो ।  

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८०/८१ को तुलनामा रु ९० करोड ८२ लाख अर्थात चार दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा  गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने छ दशमलव ५० प्रतिशत अर्थात रु ५९ करोड ६९ लाख १० हजार ले बढेको सूचना अधिकारी हुमागाईंले बताए । 

कार्यालयको तथ्यांकअनुसार गत आव २०८१/८२ मा पेट्रोलियम पदार्थ आयातबाट रु नौ अर्व ७१ करोड ३२ लाख ९२ हजार राजस्व संकलन भएको छ । उक्त अवधिमा रु आठ अर्व ९२ करोड ८५ लाख मूल्य पर्ने एक लाख तीन हजार ६४ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी रु सात अर्व तीन करोड ३२ लाख मूल्य पर्ने ७७ हजार ४२४ किलोलिटर डिजेल आयात भएको छ ।

यसैगरी उक्त अवधिमा रु दुई अर्व ८२ करोड मूल्य पर्ने २५ हजार ५६८  मेट्रिकटन एलपि ग्यास, रु ६६ करोड चार लाख मूल्य पर्ने सात हजार २९२ किलोलिटर एटीएफ र रु २५ करोड ४९ लाख मूल्य पर्ने दुई हजार ८५२ किलोलिटर मट्टितेल आयात भएको छ । -रासस

सम्बन्धित समाचार