Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपालमा लगानीकर्ता सक्रियः एक महिनामै आयो २४ अर्ब बढी वैदेशिक लगानी प्रतिवद्धता

नेपालमा लगानीकर्ता सक्रियः एक महिनामै आयो २४ अर्ब बढी वैदेशिक लगानी प्रतिवद्धता

अर्थ प्लस
नेपालमा लगानीकर्ता सक्रियः एक महिनामै आयो २४ अर्ब बढी वैदेशिक लगानी प्रतिवद्धता

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिनामा २४ अर्ब रुपैयाँ बढीको प्रत्यक्ष वैदेशिक लगानी(एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनमा दर्ता भएका १२७ परियोजनामार्फत २४ अर्ब १० करोड ४९ लाख ९५ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको हो ।  

यी परियोजनामार्फत ८ हजार २सयभन्दा बढीले रोजगारी पाउने बताइएको छ । साउनमा कृषिका तीन परियोजनामार्फत २० अर्ब ४५ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।  

त्यस्तै पर्यटनका ४१ वटा परियोजनामा ३ अर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै आठ सेवामूलक परियोजनामा ३३ करोड ५० लाख र ७१ वटा सूचना प्रविधि मुलुक परियोजनामा ३६ करोड ५२ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।  

विभागका अनुसार ऊर्जा क्षेत्रमा १८ करोड ४२ लाख र उत्पादनमूलक क्षेत्रमा १५ करोड ५० लाख रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ । 

सम्बन्धित समाचार