Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

एकै महिनामा हेटौँडाले उठायो तीन करोड ५० लाख राजस्व

एकै महिनामा हेटौँडाले उठायो तीन करोड ५० लाख राजस्व

अर्थ प्लस
एकै महिनामा हेटौँडाले उठायो तीन करोड ५० लाख राजस्व

काठमाडौं । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु तीन करोड ५० लाख राजस्व सङ्कलन गरेको छ । 

उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोजकुमार सुवेदीका अनुसार पूर्वाधार सेवाको उपयोग बापत रु एक करोड ३३ लाख ८८ हजार, सम्पत्ति कर रु ४५ लाख ९९ हजार, घरबहाल कर रु ६५ लाख २० हजार, बहाल बिटोरी कर रु १६ लाख ४५ हजार, व्यवसाय कर रु ४१ लाख १७ हजार र प्रशासनिक दण्ड जरिवाना र जफत बापत रु दुई लाख ३१ हजार सङ्कलन भएको हो । यो गत आवको सोही अवधिको तुलनामा रु एक करोडले कम हो । 
    
आर्थिक वर्ष २०८१/८२ मा सम्पत्ति कर एक करोड ४४ लाख, ८५ हजार, पूर्वाधार सेवाको उपयोग बापत एक करोड १८ लाख ७५ हजार, घरबहाल कर ५० लाख ६५ हजार, सिफारिस दस्तुर ३३ लाख ४० हजार, बहाल बिटोरी कर १८ लाख ७८ हजार, व्यवसाय कर ४१ लाख २१ हजार र प्रशासनिक दण्ड जरिवाना र जफतबापत  पाँच लाख ९६ हजार राजस्व सङ्कलन भएको थियो ।

सम्बन्धित समाचार