Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

वीरगञ्ज नाकाबाट साउनमा ६८ अर्ब बढीको वस्तु आयात, निर्यातमा पनि वृद्धि

वीरगञ्ज नाकाबाट साउनमा ६८ अर्ब बढीको वस्तु आयात, निर्यातमा पनि वृद्धि

अर्थ प्लस
वीरगञ्ज नाकाबाट साउनमा ६८ अर्ब बढीको वस्तु आयात, निर्यातमा पनि वृद्धि

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट रु ६८ अर्ब १७ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् । जुन गत आवको सोही वर्षको तुलनामा रु आठ अर्ब ११ करोडले बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आव २०८१/८२ को साउनमा रु ६० अर्ब छ करोड बराबरको वस्तु तथा सामान आयात भएको थियो । 

चालु आर्थिक वर्षको साउनमा यो नाकाबाट हुने निर्यात बढेको छ । चालु आवको साउनमा रु आठ अर्ब ४५ करोडको सामान विभिन्न मुलुकमा निर्यात भएको छ । गत आवको साउनमा रु तीन अर्ब पाँच करोडको मात्रै सामान निर्यात भएको थियो । 

कार्यालयका अनुसार साउनमा रु १८ अर्ब ४४ करोड राजस्व संकलन गरेको छ । जबकी आव २०८१/८२ को साउनमा रु १५ अर्ब ९२ करोडको राजस्व संकलन भएको थियो । 

सम्बन्धित समाचार