Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सरकारले खुलायो घरजग्गा कारोबारको लाइसेन्स

सरकारले खुलायो घरजग्गा कारोबारको लाइसेन्स

अर्थ प्लस
सरकारले खुलायो घरजग्गा कारोबारको लाइसेन्स

काठमाडौं । घरजग्गा कारोबारका लागि इजाजतपत्र दिने प्रक्रिया खुला भएको छ । सरकारले भूमिसम्बन्धी नियमावलीको आठौँ संशोधन गर्दै व्यवसायिक घरजग्गा कारोबारको लागि इजाजत दिने व्यवस्था गरेको हो । 

संशोधनमार्फत घरजग्गा कारोबारका लागि इजाजत पत्र प्राप्त गर्न सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । 

इजाजत पत्र प्राप्त गर्न एक पटकमा ५ करोडभन्दा कम कारोबार गर्नेको संस्थाको हकमा ५ लाख रुपैयाँ र सोभन्दा धेरै कारोबार गर्नेको हकमा १० लाख रुपैयाँ तोकिएको छ । 

त्यस्तै, नवीकरणका लागि ५ करोडसम्मको कारोबार गर्नेको हकमा ४ लाख रुपैयाँ र सोभन्दा धेरै कारोबार गर्नेको हकमा ८ लाख रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।  इजाजत पत्रको अवधि सकिनुभन्दा ३५ दिनअघि नै यस्तो नवीकरणका लागि आवेदन दिनुपर्ने संशोधनमा उल्लेख गरिएको छ । 

तोकिएको अवधिभित्र इजाजत पत्र नवीकरण नभएमा ३ महिनासम्म ५० हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरिएको छ  भने ३ महिनासम्म पनि घरजग्गाको कारोबार गर्न नसक्नेका हकमा भने नियमावलीमा केही उल्लेख गरिएको छैन । 

नियमावलीमा घरजग्गा कारोबारका लागि एक पटक इजाजत पत्र लिएपछि कति अवधिसम्मको लागि इजाजत कायम रहने हो भन्नेबारे केही उल्लेख गरिएको छैन । 

सम्बन्धित समाचार