Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

२८ मार्चमा आफ्नो पहिलो विद्युतीय गाडी सार्वजनिक गर्दै शाओमी

२८ मार्चमा आफ्नो पहिलो विद्युतीय गाडी सार्वजनिक गर्दै शाओमी

अर्थ प्लस
२८ मार्चमा आफ्नो पहिलो विद्युतीय गाडी सार्वजनिक गर्दै शाओमी

काठमाडौँ, १४ चैत । मोबाइलमा चर्चित रहेको चिनियाँ प्रविधि कम्पनी शाओमीले २८ मार्चमा आफ्नो पहिलो विद्युतीय गाडी सार्वजनिक गर्ने भएको छ ।उक्त कम्पनीले २८ मार्चमा आफ्नो पहिलो विद्युतीय गाडी एसयुसेभेन सार्वजनिक गर्न लागेको हो । उक्त गाडी हाल भने चीनमा मात्रै सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

कम्पनीका सीईओ लेई जुनले सामाजिक सञ्जाल एक्समा पहिलो विद्युतीय गाडी सार्वजनिक हुने बारे जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘तीन वर्ष पहिले मैले शाओमी विद्युतीय गाडीको बजारमा प्रवेश गर्ने घोषणा गरेको थिएँ । म उक्त भिजनमा आफ्नो प्रतिष्ठालाई बाजी लगाएर काम गरिरहेको छु र यसमाथि मलाई निकै विश्वास पनि छ ।’

लेईले पछिल्ला तीन वर्षमा विद्युतीय गाडी निर्माणका क्रममा थुप्रै चुनौतीहरु भोग्नु परेको पनि जानकारी दिएका छन् । सँगै उनले विद्यूतीय गाडीको क्षेत्रमा यो निकै महत्वपूर्ण कदम पनि रहेको बताएका छन् ।२८ मार्चमा सार्वजनिक हुने गाडीलाई शाओमीले प्रत्यक्ष प्रसारणमार्फत विश्वभरका लागि प्रस्तुत गर्ने पनि उनले बताएका छन् ।

सम्बन्धित समाचार