Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सरकारी भुक्तानी प्रणाली सुचारु, कर्मचारीले दशैंअघि नै तलब भत्ता पाउने

सरकारी भुक्तानी प्रणाली सुचारु, कर्मचारीले दशैंअघि नै तलब भत्ता पाउने

अर्थ प्लस
सरकारी भुक्तानी प्रणाली सुचारु, कर्मचारीले दशैंअघि नै तलब भत्ता पाउने

काठमाण्डौ । आजदेखि नेपाल सरकारको भुक्तानी प्रणाली पुनः सुरु भएको छ । दशैं लगायतका चाडपर्व नजिकिएसँगै सरकारले आजदेखि भुक्तानी दिन सुरु गरेको हो ।  

यससँगै अब सरकारी कर्मचारीले दशैंअघि नै तलब भत्ता पाउने भएका छन् ।  

यस्तै आजदेखि राजस्व संकलन समेत सुरु भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो ।  

उक्त कार्यालयहरु धमाधम सञ्चालनमा आउन थालेका छन् । अर्थ मन्त्रालय पनि सुरक्षित अवस्थामा छ । शनिबारसम्म सरकारले १ खर्ब ४४ अर्ब ५८ करोड राजश्व संकलन गरेको छ । 

सम्बन्धित समाचार