Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

भारतबाट ५५४ मेगावाट बिजुली आयातका लागि सम्झौता

भारतबाट ५५४ मेगावाट बिजुली आयातका लागि सम्झौता

अर्थ प्लस
भारतबाट ५५४ मेगावाट बिजुली आयातका लागि सम्झौता

काठमाडौँ, १५ चैत । नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात सम्झौता तीन महिनाका लागि नवीकरण भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

पाँच सय मेगावाट बिजुली ढल्केबर–मुजफ्फरपुर र ५४ मेगावाट बिजुली टनकपुरतर्फको प्रसारण लाइनमार्फत आयात गरिने छ । सुक्खायामका कारण बिजुली उत्पादन घटेकाले थप बिजुली आयात गर्न लागिएको हो ।

अहिले कुल तीन हजार मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिए पनि मुस्किलले १२ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ ।

सम्बन्धित समाचार