Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

अर्थमन्त्री खनाल– ‘नीति निर्माणमा समन्वय गरी कार्यान्वयनयोग्य योजना ल्याउँछौं’

अर्थमन्त्री खनाल– ‘नीति निर्माणमा समन्वय गरी कार्यान्वयनयोग्य योजना ल्याउँछौं’

अर्थ प्लस
अर्थमन्त्री खनाल– ‘नीति निर्माणमा समन्वय गरी कार्यान्वयनयोग्य योजना ल्याउँछौं’

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट प्राप्त सुझावहरूलाई आधार बनाएर चाँडै सुधारात्मक प्याकेज घोषणा गर्ने बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज निजी क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा उनले वित्तीय र मौद्रिक नीतिहरूबीच समन्वय गरी व्यावहारिक र कार्यान्वयनयोग्य योजना ल्याइने जानकारी दिए।

अर्थमन्त्री खनालले भने, “निजी क्षेत्रका सबै सुझाव समेटेर प्याकेज घोषणा गरिनेछ। यसको प्रस्ताव मन्त्रिपरिषद्मा पेश भइसकेको छ।”

उनले असामान्य परिस्थितिमा विशेष पहल आवश्यक हुने बताउँदै हालको आर्थिक सङ्कट समाधानका लागि निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए। वर्तमान सरकारको छ महिनाको कार्यकाललाई निर्वाचनसम्म मात्र सीमित नराखी आर्थिक क्षेत्रमा जनताको आशा र विश्वास जगाउने दिशामा काम गर्ने उनको भनाइ छ।

उनले थपे, “यो सरकारले दीर्घकालीन कानुन ल्याउँदैन। निर्वाचनसम्मका लागि अध्यादेश ल्याउन उपयुक्त हुन्छ। सामान्य समस्या र प्रक्रियागत जटिलता हटाउन आवश्यक परे संशोधन गर्न सकिन्छ।”

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नु सरकारको प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्दै मन्त्री खनालले सरकारी सेवा प्रवाहमा कुनै समस्या देखिए कडा कारबाही गरिने चेतावनी दिए।

सम्बन्धित समाचार