Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

के ५ सय र हजारका नोटबन्द गर्न लागिएको हो, अर्थमन्त्री खनाल यस्तो भन्छ

के ५ सय र हजारका नोटबन्द गर्न लागिएको हो, अर्थमन्त्री खनाल यस्तो भन्छ

अर्थ प्लस
के ५ सय र हजारका नोटबन्द गर्न लागिएको हो, अर्थमन्त्री खनाल यस्तो भन्छ

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले ५ सय र १ हजार दरका नोटको नोटबन्दी गर्ने चर्चामा सत्यता नभएको स्पष्ट पारेका छन् ।

बुधबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने विषयमा कुनै छलफल नै नभएको बताएका हुन् ।

भारत सरकारले लगाएको जिएसटीका कारण नेपाली उद्योगलाई परेको प्रभाव बारे सोधिएको प्रश्नमा अर्थमन्त्री खनालले जिएसटीका कारण कुनै क्षति पुग्ने नदेखिएको भन्दै क्षति पुग्ने अवस्था भए सुधार गरिने जानकारी दिए । त्यस्तै उनले संविधान अनुसार बनेका प्रदेश संरचना खारेज नहुने स्पष्ट पारे ।

प्रदेश संरचना राजनैतिक विषय भएकाले यसबारे अहिले केही नसोचिएको उनको भनाइ छ ।

सम्बन्धित समाचार