Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

नयाँ वर्षमा जिडब्लुएमको गाडी खरिद गर्दा फाइदै–फाइदा, आकर्षक नगद छुट देखि बीमासम्म

नयाँ वर्षमा जिडब्लुएमको गाडी खरिद गर्दा फाइदै–फाइदा, आकर्षक नगद छुट देखि बीमासम्म

अर्थ प्लस
नयाँ वर्षमा जिडब्लुएमको गाडी खरिद गर्दा फाइदै–फाइदा, आकर्षक नगद छुट देखि बीमासम्म

काठमाडौँ, चैत १९ । विश्वव्यापी रुपमा प्रसिद्ध ब्रान्ड जिडब्लुएम को नेपालका लागि आधिकारिक वितरक – भि.जि.इम्पेक्स प्रा. लि., ले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक “शानदार नववर्ष २०८१” योजना ल्याएको छ ।

यो विशेष योजना नेपाली नयाँ वर्ष स्वागत गर्न जि.डब्लु.एमका लोकप्रिय मोडेलहरु हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरुमा विशेष अनि आकर्षक अफरहरु प्रवर्द्धन गरिएको छ । जि.डब्लु.एमका मोडेलहरुमा ल्याइएका यी अफर मार्फत ग्राहकहरूले उल्लेखनीय लाभहरू पाउनेछन्  ।  ओरा ०३ ईभी मा भारि नगद छुट, फ्री एसेसरीज, एक वर्ष सम्मको व्यापक बीमा र फास्ट चार्जर सहित ५ लाखसम्मको फाइदा पाउनेछन, हाभलका एच् सिक्स, र जोलायनमा ८.५ लाख सम्मको फाइदा सहित नगद छुट, एक वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज साथै, पावरमा १० लाख सम्मको फाइदा सहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश छन् । यी सुविधाहरू मार्फत अटोमोटिभ उत्साहीहरुले उत्कृष्ट ड्राइभिङ अनुभवका साथ यो नयाँ वर्ष अविष्मरणीय बनाउन सक्नेछन् ।

जिडब्लुएम नेपालले अटोमोटिभ उत्साहीहरूलाई उनीहरूको ड्राइभिङ अनुभवमा प्रभाव र लक्जरीका अतुलनीय फाइदाहरू ल्याउने विशिष्ट सम्झौताहरूका साथ यो नयाँ वर्ष विशेष बनाउने मौका प्रदान गरेको छ । ग्राहकहरुले जि.डब्लु.एमको शोरूममा गई टेस्ट ड्रइभ गर्न सक्नेछन् साथै यो अवसर २०८१ को रोमाञ्चक र सुन्दर सुरुवातको लागि विशेष रहेको छ । यी विशेष सम्झौताहरूलाई जि.डब्लु.एको शोरूममा तिनीहरूलाई प्रत्यक्ष रूपमा अनुभव गर्न सक्नेछन् ।

ओरा ०३ इभी : ५ लाखसम्मको फाइदा

यो नयाँ वर्ष ईलेक्ट्रिक गाडी उत्साहीहरुले जि.डब्लु.एमको प्रीमीयम ईभी ओरा ०३ मा ५ लाखसम्मको फाइदाको साथ फ्री एसेसरीज, आकर्षक नगद छुट, १ वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस को सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यसको स्टाइल र लक्जरीको साथ, निशुल्क 7 KW फास्ट चार्जर र पावर ब्याट्री ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा ८ वर्ष सम्म १५०,००० किमी वारेन्टी लगायतका सुविधा लिई वातावरणमैत्री र सहज यात्राको अनुभव लिन सक्नेछन् ।

हाभल एच सिक्स, र जोलायन : ८ं.५ लाखसम्मको फाइदा

हाभल– एच् सिक्स, र जोलायनमा ग्राकहरुले पावर र लक्जरीको उत्कृष्ट मिश्रणको अनुभव लिई ८.५ लाख सम्मका फाइदाहरू लिन सक्नेछन्, साथै आकर्षक नगद छुट, १ वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज जस्ता प्रभावशाली सुविधाहरुको साथ यो प्रस्तावले नयाँ वर्षको एसयूभी यात्रालाई उत्कृष्ट बनाउनेछ ।

पावर : १० लाखसम्मको फाइदा

जिडब्लुएमकोे पावर पिक–अपको साथ एन्डुरेन्स र क्यापाबिलिटीको अनुभव तथा १० लाख सम्मको फाइदाहरू लिन सकिनेछ । इलेक्ट्रिक सनरुफ, लेदर सिट, उत्कृष्ट सुरक्षा सुविधाहरू र रिभर्स पार्किङ क्यामेरा सुविधा रहेको पावर पिक–अपले हरेक यात्रामा आत्मविश्वास सुनिश्चित गर्दै, साहसिक कार्यलाई अविस्मरणीय बनाउनेछ ।

सम्बन्धित समाचार