Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक, कुनको भाउ कति ?

पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक, कुनको भाउ कति ?

अर्थ प्लस
पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक, कुनको भाउ कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ।  

निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकको निर्णयअनुसार डिजेल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाइएको छ भने पेट्रोलको मूल्य यथावत राखिएको छ। 

गएराति १ बजेदेखि लागू हुने गरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले बढाएको छ। 

निगमनले यसपाली इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.०३ र हवाई इन्धनमा प्रतिलिटर रु ०.८६ ले बढेर तथा डिजेलमा प्रतिलिटर रु १.१९ ले घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ।

हेर्नुहोस् मूल्य सूची 

572230341_1157344009919853_3303655400879258308_n_OuRWM3u9Q2.jpg

सम्बन्धित समाचार