काठमाडौँ । सामसङले नेपालमा लोकप्रिय ग्यालेक्सी एम सिरिजको नयाँ सदस्य ग्यालेक्सी एम१७ सार्वजनिक गरेको छ। यो स्मार्टफोन प्रिमियम डिजाइन, टिकाउपन र अत्याधुनिक एआइ सक्षम फिचरसहित आएको छ।
ग्यालेक्सी एम१७ ले आफ्नो सेग्मेन्टमै पहिलोपटक अप्टिकल इमेज स्टेबलाइजेसन (ओआइएस) अर्थात नो सेक क्यामेरा प्रविधि ल्याएको छ। यसले प्रयोगकर्तालाई स्थिर र स्पष्ट फोटो तथा भिडियो कैद गर्न मद्दत गर्छ।
सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणय रत्नले भने,“ग्यालेक्सी एम१७ मार्फत हामी एआई र प्रिमियम क्यामेरा टेक्नोलोजीलाई नेपाली प्रयोगकर्तासम्म पुर्याउँदैछौँ। ‘नो सेक क्यामेरा’ सहितका सुविधाले दैनिक जीवनलाई स्मार्ट, सहज र रमाइलो बनाउनेछ।”
उक्त स्मार्टफोनमा ग्यालेक्सी एआईद्वारा सञ्चालित सर्कल टु सर्च वीथ गुगल र रियल टाइम एआई असिस्ट जस्ता सुविधाहरू छन्। ६ न्यानोमिटरको एक्सिनोस १३३० प्रोसेसरले गेमिङ, स्ट्रिमिङ र मल्टिटास्किङमा छरितो प्रदर्शन दिन्छ।
मुख्य विशेषताहरूमा ६.७ एफएचडि प्लस सुपर अमोल्ड डिस्प्ले, कर्निङ गोरिल्ला ग्लास भिक्टस सुरक्षा र आइपि५४ रेटिङसहित धूलो तथा पानीबाट सुरक्षा समावेश छन्।
ग्यालेक्सी एम१७ फाइभजी दुई भेरियन्टमा उपलब्ध छस् फोर जिबी÷१२८ जिबी को मूल्य क्रमशः २८ हजार ९९९ रुपैयाँ र ६ जबी÷१२८ जिबीको मूल्य २७ हजार ९९९ रुपैयाँ रहेको छ ।
स्मार्टफोन अब देशभरका सामसुङ अथराइज्ड रिटेल स्टोरेज, सामसुङ प्लाजा र प्रमुख इ–कमर्श प्लेटफर्महरूमा उपलब्ध छ। उपभोक्ताले आफ्नो नजिकको बिक्री केन्द्र वा अनलाइन स्टोरबाट खरिद गर्न सक्छन्।
