Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेचुङ भन्सारद्वारा रू. ३ अर्ब ४९ करोडभन्दा बढी राजस्व सङ्कलन

नेचुङ भन्सारद्वारा रू. ३ अर्ब ४९ करोडभन्दा बढी राजस्व सङ्कलन

अर्थ प्लस
नेचुङ भन्सारद्वारा रू. ३ अर्ब ४९ करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाडाैं। नेपाल–चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले ३ अर्ब ४९ करोड ८५ लाख ११ हजार राजस्व संकलन गरेको छ। उक्त रकम गत भदौ ३१ देखि यही कात्तिक २५ गतेसम्म संकलन भएको हो। 

भन्सार प्रमुख रमेश खड्काका अनुसार उक्त अवधिमा एक हजार ६९९ वटा विद्युतीय सवारीसाधन चीनबाट पैठारी भएका छन्। यसैगरी, ८२८ वटा मालवाहक सवारीसाधन आयातित सामग्री लिएर आएका छन्।  

नेपालबाट ४१ वटा मालवाहक सवारीसाधन हस्तकलाका सामग्री लिएर चीनतर्फ गएका छन्।

सम्बन्धित समाचार