Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

‘अर्थतन्त्रलाई बलियो बनाउन कृषि उपज आयातलाई न्यूनीकरण गर्नुपर्छ’

‘अर्थतन्त्रलाई बलियो बनाउन कृषि उपज आयातलाई न्यूनीकरण गर्नुपर्छ’

अर्थ प्लस
‘अर्थतन्त्रलाई बलियो बनाउन कृषि उपज आयातलाई न्यूनीकरण गर्नुपर्छ’

काठमाडौं, चैत २४ । राष्ट्रिय योजना आयोगका सदस्य डा शिवराज अधिकारीले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन अधिकांश कृषि उपज आयातलाई न्यूनीकरण गर्नुपर्ने बताएका छन् । 

कृषि मन्त्रालयद्वारा शुक्रबार यहाँ आयोजित खाद्य सुरक्षासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सदस्य डा अधिकारीले कृषि आयात प्रतिस्थापन गर्न विभिन्न बालीका साथै गुणस्तरीय उत्पादन वृद्धिमा जोड दिए । 

विशेष अनुसन्धानका कार्यक्रममा बजेट थप्न नीतिगत व्यवस्थाको गृहकार्य भइरहेको उनले जानकारी दिए । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले कृषि क्षेत्रमा आत्मनिर्भर हुनेगरी खाद्यबालीको अनुसन्धान भइरहेको बताए । 

उनले पोषणयुक्त खाद्यबालीको उत्पादनमा थप अनुसन्धान आवश्यक रहेको विचार व्यक्त गरे । 

सोही मन्त्रालयका सहसचिव एवं खाद्य सुरक्षा महाशाखा प्रमुख सञ्जीवकुमार कर्णले जलवायु परिवर्तनको प्रभाव, मुलुकका हावापानीको विविधता, कृषि जैविक विविधता, वर्णशङ्कर तथा बेमौसमी बालीका कारण उत्पादित वस्तुको पोषणमा कमी आएको उल्लेख गर्दै विभिन्न जातिका रैथाने बालीको संरक्षण गर्नुपर्ने बताए । 

कार्यक्रममा विषयविज्ञहरूले मौसम अनुकूल बीउको सञ्चितिकरण र स्वदेशी मौलिक विशेषता बोकेका रैथाने कृषि उपज लोपोन्मुख हुँदै गएकाले त्यसको जगेर्नामा जोड दिए । 

सम्बन्धित समाचार