Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

बजारको स्वतन्त्रता कुण्ठित नगरी अर्थतन्त्र अगाडि बढाउनु अहिलेको आवश्यकताः अर्थमन्त्री

बजारको स्वतन्त्रता कुण्ठित नगरी अर्थतन्त्र अगाडि बढाउनु अहिलेको आवश्यकताः अर्थमन्त्री

अर्थ प्लस
बजारको स्वतन्त्रता कुण्ठित नगरी अर्थतन्त्र अगाडि बढाउनु अहिलेको आवश्यकताः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अर्थतन्त्रलाई गतिशील बनाउन बजारमुखी उदार आर्थिक नीतिलाई नै निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । उनले बजारको स्वतन्त्रतालाई अंकुश नलगाईकनै अर्थतन्त्रलाई अघि बढाउनु वर्तमानको मुख्य आवश्यकता रहेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकद्वारा आयोजित ‘डा यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उहाँको योगदान’ विषयक विचारगोष्ठीमा बोल्दै मन्त्री खनालले राजनीतिक तथा नीतिगत अस्थिरता नेपालको दीर्घकालीन चुनौती बनेको उल्लेख गरे ।

उनले अर्थतन्त्र निराशाजनक नरहेको दाबी गर्दै हाल करिब ८ प्रतिशत कर्जा वृद्धिले लक्षित आर्थिक वृद्धिदर प्राप्त गर्न सकिने विश्वास व्यक्त गरे । नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच राम्रो नीतिगत समन्वय रहेको उल्लेख गर्दै उनले आर्थिक नीति तथा राजनीतिक व्यवस्थाले कहिलेकाहीँ दिशा भुल्ने गरेको टिप्पणी गरे ।

मन्त्री खनालले डा यादवप्रसाद पन्तको योगदान स्मरण गर्दै आन्तरिक अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय संयन्त्रसँग जोड्ने र कृषिक्षेत्रलाई उद्योगसँग समन्वय गराउने कार्यमा उहाँले ऐतिहासिक भूमिका निर्वाह गरेको बताए ।

सम्बन्धित समाचार