Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुनचाँदीको मूल्य फेरि बढ्यो

सुनचाँदीको मूल्य फेरि बढ्यो

अर्थ प्लस
सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मङ्गलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार ८०० ले बढेको छ भने त्यति नै परिमाणको चाँदी ६० ले बढेको छ । आज एक तोला सुनको मोल दुई लाख ४२ हजार ३०० निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार १५० कायम भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार