Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

भ्रष्टाचारीको अखडा बन्दै इन्भेष्टमेन्ट मेगा बैंक, सञ्चालक पाण्डेले घुस खाएको अख्तियारको ठहर

भ्रष्टाचारीको अखडा बन्दै इन्भेष्टमेन्ट मेगा बैंक, सञ्चालक पाण्डेले घुस खाएको अख्तियारको ठहर

अर्थ प्लस
भ्रष्टाचारीको अखडा बन्दै इन्भेष्टमेन्ट मेगा बैंक, सञ्चालक पाण्डेले घुस खाएको अख्तियारको ठहर

काठमाडौं, चैत २८ । अयोग्य व्यक्तिहरुलाई सञ्चालक नियुक्त गर्न खोजेपछि बबण्डर मच्चिएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई भ्रष्टाचारीको अखडा बन्न लागेको ट्याग समेत लागेको छ । सञ्चालकको योग्यता विवादले नयाँ सञ्चालक चयनको निर्वाचन नै विथोलिएको इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक स्वयं ठूलो भ्रष्टाचार काण्डमा मुछिएसँगै यस्तो कलंकित ट्याग लागेको हो ।

हाल बैंकको बोर्ड अफ डाइरेक्टर रहेका मुक्तिराम पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका वाइडबडी जहाज खरिदमा सार्वजनिक खरिद ऐन मिचेर घुस खाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ ।

नेपाल पायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य मुक्तिराम पाण्डेसमेतले सार्वजनिक खरिद ऐन २०६३ र भ्रष्टाचार निवारण ऐन २०५९ विपरीत एक करोड तेत्तीस लाख अठासी हजार एक सय नौ अमेरिकी डलर अर्थात अन्मि भुक्तानी दिएको मितिको सटही दर अनुसार एक अर्ब सत्चालीस करोड दश लाद पचासी हजार चारसय रुपैयाँ भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ ।

विशेष अदालतमा हालै दायर रिटमा अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ उपदफा १ बमोजिम कैद र विगो बमोजिमको जरिवाना असुलउपर गर्न मागदाबी गरिएको छ । सञ्चालकहरुको योग्यता कै विषयलाई लिएर बैंकका शेयरधनी समेत रहेका प्राध्यापक डा.ताराप्रसाद सापकोटाले चैत १६ गते बैंकसहित १० जनाविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए ।

सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेका कारण ३७औैं साधारण सभामा सञ्चालकहरुको निर्वाचन हुन पाएन । हालका सञ्चालकहरु समेत कुनै न कुनै विवादमा फसेकै छन् । बोर्ड अफ् डाइरेक्टर मुक्तिराम भ्रष्टाचारमा मुछिदा बैंकको सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडे आफैं ऐतिहासिक गुठीको जग्गा पुरेर छायाँदेवी कम्प्लेक्स खडा गरेको र बैंकको रकम समेत अपचलन गरेको विवादमा फसेका छन् ।

पाँडेले नियु्क्त गर्ने सञ्चालकहरु प्राय भ्रष्ट आचरण भएकैहरु रहेको भन्दै त्यसलाई रोक्न डा. सापकोटाले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । छायाँदेवी कम्प्लेक्स विवादलगत्तै सञ्चालक पाण्डेको घुसखोरी बाहिर आएपछि बैंकभित्र तनावको स्थिति सिर्जना भएको छ । पाण्डेको घुसखोरीका कुरा साधारण सभामा पनि उठेको शेयरधनीहरुले बताएका छन् । सञ्चालक र शेयरधनीहरुबीच अहिले द्वन्द्वको अवस्था छ ।

सम्बन्धित समाचार