Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

चौधरी ग्रुपले तिर्याे साढे २५ अर्ब कर, कुल राजश्वमा २ प्रतिशत बढी योगदान

चौधरी ग्रुपले तिर्याे साढे २५ अर्ब कर, कुल राजश्वमा २ प्रतिशत बढी योगदान

अर्थ प्लस
चौधरी ग्रुपले तिर्याे साढे २५ अर्ब कर, कुल राजश्वमा २ प्रतिशत बढी योगदान

काठमाडाैं। चौधरी ग्रुपले आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ कर तिरेकाे छ।  उक्त कर तिरेर ग्रुपले राष्ट्रको कूल राजश्वमा २ प्रतिशत भन्दा बढी योगदान गरेको छ।

राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि तथा चुनौतीपूर्ण लगानीको पृष्ठभूमिमा पनि चौधरी ग्रुपले सरकारको राजश्वमा उल्लेखनीय योगदान पुर्‍याएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा १८.५२ अर्ब कर तिरेको चौधरी ग्रुपले यस वर्ष ७ अर्ब बढी कर राज्य ढुकुटीमा दाखिला गरेको छ, जसले चौधरी ग्रुपको लगानी वृद्धि तिव्र गतिमा रहेको प्रष्ट पार्छ।

योसँगै गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ९२ अर्ब २६ करोड रुपैयाँ कर तिरेको छ। कमजोर आर्थिक गतिविधि, आयात–निर्भर बजार, नीतिगत अस्थिरता तथा निजी लगानीमा आएका बाधाका बाबजुद पनि चौधरी ग्रुपले निरन्तर करमा वृद्धि गर्दै आएको छ। यसले राष्ट्रका विकास योजना, सामाजिक सुरक्षा, पूर्वाधार निर्माण तथा सार्वजनिक सेवाका क्षेत्रमा राज्यलाई थप आधार प्रदान गर्ने चौधरी ग्रुपले विश्वास लिएको छ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीका अनुसार चौधरी ग्रुपले स्थापित तथा नयाँ दुवै व्यवसाय विस्तारमार्फत राजश्व योगदान बढाउँदै लगिरहेको छ। 

‘ग्रुप अफ कम्पनीजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि माननीय अर्थमन्त्रीज्यूले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गर्नुभएकोमा आभारी छौं,’ निर्वाणले सामाजिक सञ्जालमा लेखेका छन्,‘गत वर्ष सीजीले २५.५९ अर्ब कर तिर्दै राष्ट्रको कूल राजस्वको उल्लेखनीय योगदान गरेको छ। चुनौतीबीच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेको छ।’

dat-1763540882.jpg

सम्बन्धित समाचार