काठमाडौं । सामसङ नेपालले यस जाडो महिनालाई झन् सहज र आरामदायक बनाउनका लागी Warm Winter Offer को घोषणा गरेको छ। यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ। अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ।
ग्राहकहरूले 7KG देखि 12 KG सम्मका AI Ecobubble Washer Dryer, Front Load, FATL र SATL वाशिङ मेसिनहरूमा अधिकतम २३% इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्छन्। त्यसैगरी, Single-door, Double-door र Side-by-Side Samsung Refrigerators मा अधिकतम 17% क्यासब्याक उपलब्ध छ।
सामसङ वाशिंग मेशिन र रेफ्रिजरेटर ले DIT मोटरमा २० वर्षको वारेन्टी मार्फत दीर्घायु सुनिश्चित गर्छ, र सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ।
वाशिङ मेसिन अफर:
|
काटेगोरी |
क्षमता |
क्यासब्याक (सम्म) |
|
Semi-Automatic Top Load |
7 Kg |
12% |
|
Fully Automatic |
8 Kg |
12% |
|
AI EcobubbleTM Front Load |
9 - 12 Kg |
20% |
|
AI EcobubbleTM Washer Dryer |
9 - 11 Kg |
23% |
रेफ्रिजिरेटर अफर:
|
काटेगोरी |
क्षमता |
क्यासब्याक (सम्म) |
|
SBS |
700L |
11% |
|
5 in 1 |
350L - 419L |
15% |
|
Double Door |
253L - 275L |
17% |
|
Single Door |
192L - 230L |
17% |
साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफूसुखद अनुसारका सामसङ होम अप्लायंस् ०% ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्छन्। प्रक्रिया झन्झटमुक्त छ र केवल तपाईंको नागरिकता चाहिन्छ। साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।
