Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

हिमालयन क्यापिटल लिमिटेडको वार्षिक साधारण सभा आह्वान, प्रस्तावित लाभांश पारित गरिने

हिमालयन क्यापिटल लिमिटेडको वार्षिक साधारण सभा आह्वान, प्रस्तावित लाभांश पारित गरिने

अर्थ प्लस
हिमालयन क्यापिटल लिमिटेडको वार्षिक साधारण सभा आह्वान, प्रस्तावित लाभांश पारित गरिने

काठमाडौं- हिमालयन क्यापिटलले लाभांश वितरण गर्ने भएको छ । 

कम्पनीको सञ्चालक समितिको कात्तिक २० गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको करसहित १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले मंसिर २८ गते काठमाडौंमा बिहान ११ बजे आठौँ वार्षिक साधारणसभा बोलाएको छ ।

सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक बर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

सम्बन्धित समाचार