Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

आज बजारबाट ६० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

आज बजारबाट ६० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

अर्थ प्लस
आज बजारबाट ६० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दै गएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (बुधबार) बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ।

केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोल उपकरणमार्फत २८ दिनका लागि यो रकम संकलन गर्न लागेको हो। पछिल्लो समय राष्ट्र बैंकले तरलता नियन्त्रणका लागि नियमित रूपमा आइतबार र बुधबार निक्षेप संकलन गर्दै आएको छ। सोही क्रमलाई निरन्तरता दिँदै आज पनि यो उपकरण प्रयोग गर्न लागिएको हो।

राष्ट्र बैंकले अनलाइन बिडिङ प्रणालीमार्फत दिउँसो २ बजेदेखि बोलकबोल प्रक्रिया सुरु गर्ने जनाएको छ। इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्।

यो निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी आगामी पुस २० गते हुनेछ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो उपकरणको निरन्तर प्रयोग गर्दै आएको छ।

सम्बन्धित समाचार