Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

टिभिएस आइक्यूब ईलेक्ट्रिक स्कुटर तीन लाखमा किन्न सकिने, ब्याट्रीमा लाइफ टाइम ग्यारेन्टी

टिभिएस आइक्यूब ईलेक्ट्रिक स्कुटर तीन लाखमा किन्न सकिने, ब्याट्रीमा लाइफ टाइम ग्यारेन्टी

अर्थ प्लस
टिभिएस आइक्यूब ईलेक्ट्रिक स्कुटर तीन लाखमा किन्न सकिने, ब्याट्रीमा लाइफ टाइम ग्यारेन्टी

काठमाडौं, बैशाख १२ । टीभीएस आइक्यूब अब २ लाख ९९ हजार ९०० रुपैयाँमा किन्न सकिने भएको छ । कम्पनीले टीभीएस आइक्यूबको बेस भेरियन्ट स्कुटर २ लाख ९९ हजार ९०० रुपैयाँमा किन्दा लाइफ टाइम ब्याट्री वारेन्टी दिने स्कीम सार्वजनिक गरेको हो ।

नेपालमा दिगो यात्रा प्रवर्द्धन गर्ने प्रतिबद्धताका साथ जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाईफ टाईम व्याट्रि अस्योरेन्सको साथ टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । नेपालीहरुलाई सबैभन्दा ठूलो चिन्ताको विषय भनेको ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत हो । त्यसैले यहि विषयलाई सम्बोधन गर्दै टिभिएसले आईक्यूब मार्फत नेपालमा ईलेट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्धेश्य राखेको छ ।

ब्याट्री इश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले ७० प्रतिशत एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने छन् । नेपालमा टिभिएस आईक्यूब र टिभिएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरु उपलब्ध हुनेछ । ग्राहक महानुभावहरुले मात्र २ लाख ९९ हजार ९०० रुपैयाँमा टिभिएस आईक्यूब खरिद गर्न पाउनेछन् ।

टिभिएस आईक्यूवका दुई पाङग्रे सवारी साधनहरुले नेपालमा ४,११,००० किलोमिटर यात्रा तय गरेर १०,२७५ लिटर इन्धन बचत गरेको छ भने वातावरणमा २३,७६२ किलो कार्वन उत्सर्जन हुन रोकेको छ । विश्वमा टिभिएस आईक्यूवका करिव ३,००,००० ग्राहकहरुले अरिव १.९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन् भने ६९,५९० टन कार्वन उत्सर्जन हुनबाट रोकेका छन् ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्तालले लाइफटाइम ब्याट्री इश्योरेन्सको साथ नेपालको स्कुटर बजारमा विद्युतीय सवारीको प्रयोग उल्लेखनीय रूपमा वृद्धि हुने बताए । उनले भने, “ हामी हाम्रो पहिलो ईलेक्ट्रिक स्कुटर नेपालमा ल्याउन पाउँदा उत्साहित छाँै । हामी विश्वस्त छौँ कि लाइफटाइम ब्याट्री एश्योरेन्सको साथ नेपालको स्कुटर बजारमा विद्युतीय सवारीको प्रयोग उल्लेखनीय रूपमा वृद्धि हुनेछ । ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले पाँच वर्षमै इन्धन र मर्मतमा रु १,३५,००० बचत गर्न सफल हुनेछन् । पेट्रोलको मूल्य बढेसँगै यो बचत पनि बढ्नेछ । आईक्यूबका प्रत्येक ग्राहकले नेपालको पेट्रोल खपत प्रति वर्ष करिव ३०० लिटरले कम गर्नेछन् र कार्वन उत्सर्जन प्रति वर्ष ६९० केजिले घटाउनेछन् जुन पेट्रोल आयात गर्ने र पर्यटकीय गन्तव्य रहेको नेपाल जस्तो देशको लागि ठूलो कुरा हो।”

नेपालमा ३३ डिलरहरु रहेका छन् ।

सम्बन्धित समाचार