Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

भन्सार एजेन्ट महासंघद्वारा पेनडाउन कार्यक्रम फिर्ता, माग सम्बोधन गर्ने भन्सार विभागको लिखित प्रतिबद्धता

भन्सार एजेन्ट महासंघद्वारा पेनडाउन कार्यक्रम फिर्ता, माग सम्बोधन गर्ने भन्सार विभागको लिखित प्रतिबद्धता

अर्थ प्लस
भन्सार एजेन्ट महासंघद्वारा पेनडाउन कार्यक्रम फिर्ता, माग सम्बोधन गर्ने भन्सार विभागको लिखित प्रतिबद्धता

काठमाण्डौ । भन्सार एजेन्ट महासंघ नेपालले पेन डाउन कार्यक्रम फिर्ता लिएको छ । महासंघले गत मंसिर २३ गतेदेखि देशभरका भन्सार कार्यालयहरुमा सुरु गरेको पेन डाउन लगायतका विरोध कार्यक्रम स्थगन गर्ने निर्णय गरेको हो ।

विरोध कार्यक्रमप्रति भन्सार विभाग र महासंघबीच छलफल भई सकारात्मक रुपमा महासंघका माग सम्बोधन भएकोले पेन डाउन कार्यक्रम फिर्ता लिइएको महासंघले जनाएको छ ।

भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानहरुले भन्सार एजेन्टहरुको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पुर्याउने वातावरण सिर्जना भएको हुँदा विरोध स्वरूप भन्सार एजेन्ट महासंघ उक्त विरोध कार्यक्रम गरेको थियो ।

यस्तै महासंघको तर्फबाट पेश गरिएको विभिन्न किसिमका मागहरु व्यवस्थापन सुधार गर्ने र विभाग/कार्यालयबाट सम्बोधन हुने प्रकृतिका मागहरु विभाग/कार्यालयबाट क्रमशः कार्यान्वयन गर्दै जाने एवं नियमावलीमा सम्बोधन गर्नुपर्ने उपयुक्त मागका विषयमा अर्थ मन्त्रालयमा अवगतार्थ पठाउने भन्सार विभागले जनाएको छ । 

सम्बन्धित समाचार