Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

सिद्धार्थ बैंकका ग्राहकले सोल्टी होटेल्स एन्ड रिसोर्टमा २० प्रतिशत सम्मको छुट पाउने

सिद्धार्थ बैंकका ग्राहकले सोल्टी होटेल्स एन्ड रिसोर्टमा २० प्रतिशत सम्मको छुट पाउने

अर्थ प्लस
सिद्धार्थ बैंकका ग्राहकले सोल्टी होटेल्स एन्ड रिसोर्टमा २० प्रतिशत सम्मको छुट पाउने

काठमाडौं । सिद्धार्थ बैंक र द सोल्टी होटेल्स एन्ड रिसोर्ट बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार द सोल्टी काठमाडौं, सोल्टी वेस्टइन्ड  प्रिमिएर नेपालगन्ज, सोल्टी वेस्टइन्ड इटहरि, सोल्टी वेस्टइन्ड रिसोर्ट चित्तवन, सोल्टी वेस्टइन्ड रिसोर्ट नगरकोट, सोल्टी वेस्टइन्ड लेकसाईड पोखरा, टाईगर प्यालेस बाइ सोल्टी भैरहवा, मिथिला यात्री निवास जनकपुर, अन्तर्राष्ट्रिय विमानस्थल स्थित होराईजन लाउन्ज र आन्तरिक विमानस्थल स्थित होराइजन क्याफेमा बैंकका ग्राहकहरूले छुट पाउनेछन् । छुट प्रँप्त गर्नका लागि ग्राहकहरुले बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १०% अथवा प्लेटिनम क्रेडिट कार्ड वा नारी डेबिट कार्ड प्रयोग गरीे भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको गा्रहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ सम्पर्क गर्न सकिनेछ ।

सम्बन्धित समाचार