Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

शुक्रबार देखि भृकुटीमण्डपमा नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०२५ आयोजना हुने

शुक्रबार देखि भृकुटीमण्डपमा नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०२५ आयोजना हुने

अर्थ प्लस
शुक्रबार देखि भृकुटीमण्डपमा नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०२५ आयोजना हुने

काठमाडौँ / मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘११औँ नेपाल वुड इन्टेरनेशनल एक्स्पो तथा नेपाल फर्निचर एक्स्पो २०२५’ आयोजना हुने भएको छ ।

उक्त प्रदर्शनी यही पुष ४, ५ र ६ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूसँग सम्बन्धित स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्राण्डहरूका १०० भन्दा बढी स्टलहरू रहनेछन् ।

फर्निचर, प्लाइउड तथा काठ औजार उत्पादक कम्पनीहरू, ल्यामिनेट तथा विभिन्न कम्पनीका डिलर, सब–डिलर र विक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादन र नवीन प्रविधिबारे जानकारी गराउने उद्देश्यले विगत १० वर्षदेखि यो प्रदर्शनी महत्वपूर्ण प्लेटफर्मको रूपमा स्थापित हुँदै आएको आयोजकले जनाएको छ ।

यस ११ औँ संस्करणको प्रदर्शनीमार्फत विश्वभर ख्यातिप्राप्त कम्पनी तथा ब्राण्डका अत्याधुनिक प्रविधि र सामग्रीलाई नेपाली बजार तथा स्वदेशी उद्योगमा प्रयोगमा ल्याउने पहल गरिएको छ । यसले साना देखि ठूला उद्योगसम्मलाई प्रयोग भइरहेका मेसिनरी तथा प्रविधिको स्तरोन्नति गरी उत्पादनलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रदर्शनीमा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाइउड उत्पादक संघ तथा इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल सहयोगी संस्थाको रूपमा रहेका छन् ।

इन्टेरियर डिजाइनर एसोसिएसन नेपालका विज्ञहरूद्वारा नवीनतम प्रविधि, इन्टेरियर डिजाइन, फर्निचरलगायत विविध विषयमा आधारित दुई दिने सेमिनार तथा गोष्ठी कार्यक्रमसमेत आयोजना गरिनेछ ।

यस प्रदर्शनीले नेपालमा काठ, फर्निचर तथा इन्टेरियर क्षेत्रको विकास र आधुनिकीकरणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ। प्रदर्शनीमा घर निर्माण गर्न चाहने सर्वसाधारणदेखि दिग्गज आर्किटेक्ट, इन्जिनियर तथा इन्टेरियर डिजाइनरहरूको उल्लेखनीय सहभागिता रहनेछ ।

नयाँ प्रविधिका सामग्री भित्र्याउने र विदेशमा सफलतापूर्वक प्रयोग भएका प्रविधिलाई नेपाली बजारमा सहज उपलब्ध गराउने माध्यमको रूपमा यो प्रदर्शनी महत्वपूर्ण हुने आयोजकको दाबी छ ।

सम्बन्धित समाचार