Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आन्तरिक माग शिथिल भए पनि बैङ्क तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ छ : गभर्नर अधिकारी

आन्तरिक माग शिथिल भए पनि बैङ्क तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ छ : गभर्नर अधिकारी

अर्थ प्लस
आन्तरिक माग शिथिल भए पनि बैङ्क तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ छ : गभर्नर अधिकारी

काठमाडौं, बैशाख १५ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले निर्माण, व्यापार र उत्पादनमूलक उद्योगहरू आर्थिक शिथिलताबाट बढी प्रभावित भएको बताएका छन् । नेपाल राष्ट्र बैङ्कको वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले मुलुकमा ब्याजदर घटेको र वाह्य क्षेत्रमा आएको सुधारले आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउने आधार सिर्जना भए पनि आन्तरिक माग शिथिल रहेको बताएका हुन् । 

“सरकारको पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसकिरहेको र पछिल्ला वर्ष उल्लेख्य सङ्ख्यामा वैदेशिक रोजगारी र अध्ययनको लागि युवाहरू विदेशिएकाले आन्तरिक माग भने शिथिल रहेको छ,” गभर्नर अधिकारीले भने । 

रेमिट्यान्स उल्लेख्य बढेको तथा आयात घटेकोले चालु खाता एवम् शोधनान्तर बचत कायम भई तरलता व्यवस्थापन गर्न र ब्याजदरमा परेको चाप कम गर्न सहयोग पुगेको उनले बताए । 

उपलब्ध तरलता र कर्जाको घट्दो ब्याजदरका कारण आर्थिक गतिविधि बढाउन आधार सिर्जना भएको छ । करिब ६०० मेगावाट थप जलविद्युत् उत्पादन र पर्यटन क्षेत्रमा आएको सुधारका कारण चालु वर्षमा आर्थिक वृद्धिदर औसत स्तरमा रहने उनले बताए ।

Rastra banknews.jpg 

आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैङ्किङ प्रणालीको कर्जा असुली दबाबमा रहेको हुँदा निष्क्रिय कर्जा अनुपात केही बढेको गभर्नर अधिकारीको भनाइ छ । 

उनका अनुसार फागुनमा बैङ्क तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको छ । सो अवधिमा बैङ्क तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति कुल निक्षेपको २९.४१ प्रतिशत रहेको र कुल पुँजीकोष जोखिम भारित सम्पत्तिको १२.४४ प्रतिशत रहेकाले उनले जानकारी दिए नेपालका बैङ्क तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ अवस्थामा नै रहेको छ ।

थोक मूल्य र तलब तथा ज्यालादर सूचकाङ्कको वृद्धिदर न्यून रहेसँगै नेपालले दुई तिहाइभन्दा बढी आयात गर्ने मुलुक भारतमा समेत मुद्रास्फीति घट्दै गएका कारण मूल्य स्थितिमा परेको चाप क्रमशः कम हुँदै गएको गर्भनर अधिकारीले जानकारी दिए । 

Rastrabanknews.jpg

उनका अनुसार चालु आर्थिक वर्षको उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्यवृद्धि दर लक्षित सीमाभित्रै रहने देखिएको छ । तथापि, रुस-युक्रेन र मध्यपूर्वका मुलुकमा जारी द्वन्द्व र केही मुलुकले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्धका कारण मुख्यतः इन्धन र खाद्यवस्तुको मूल्यमा उत्तारचढाव आउनसक्ने जोखिम भने कायमै रहेको उनको भनाइ छ ।

सम्बन्धित समाचार