Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

इनड्राइभले 'इनड्राइभसँग सुरक्षित यात्रा, तपाईंकै रोजाइमा' सार्वजनिक गर्‍यो सेफ्टी अवेयरनेस अभियान

इनड्राइभले 'इनड्राइभसँग सुरक्षित यात्रा, तपाईंकै रोजाइमा' सार्वजनिक गर्‍यो सेफ्टी अवेयरनेस अभियान

अर्थ प्लस
इनड्राइभले 'इनड्राइभसँग सुरक्षित यात्रा, तपाईंकै रोजाइमा' सार्वजनिक गर्‍यो सेफ्टी अवेयरनेस अभियान

काठमाडौं । इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान 'इनड्राइभसँग सुरक्षित यात्रा, तपाईंकै रोजाइमा' सुरु गरेको छ । इनड्राइभ विश्वव्यापी मोबिलिटी एन्ड अर्वान सर्भिस प्लेटफर्मको रूपमा परिचित छ ।

अभियानले इनड्राइभका प्रमुख सुरक्षा सुविधाहरू भेरिफाइड ड्राइभर प्रोफाइल, रियल–टाइम राइड ट्र्याकिङ, इन–एप (एसओएस) सुविधा, लाइभ राइड सेयरिङ, तथा दुईतर्फी रेटिङ प्रणालीलाई उजागर गर्दै प्रयोगकर्तालाई हरेक यात्राअघि, यात्राका क्रममा र यात्रापछि सुरक्षित निर्णय लिन सहज हुने बताइएको छ । प्रयोगकर्ताको हातमै नियन्त्रण प्रदान गरेर इनड्राइभले आफ्नो प्लेटफर्ममा विश्वास र उत्तरदायित्वको वातावरण निर्माण गर्दै गएको कम्पनीले जनाएको छ ।

इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रीता पोखरेलका अनुसार सुरक्षा केवल एउटा सुविधा मात्र नभई साझा जिम्मेवारी पनि हो । "इनड्राइभसँग सुरक्षित यात्रा, तपाईंकै रोजाइमा अभियानमार्फत हामी प्रयोगकर्तालाई यो सन्देश दिन चाहन्छौँ कि भेरिफाइड ड्राइभर छनोट गर्ने, रेटिङ जाँच गर्ने वा लाइभ राइड सेयर गर्ने जस्ता प्रत्येक साना निर्णयले पनि सुरक्षित यात्रामा ठूलो भूमिका खेल्दछ,” उनले भनिन् ।

अभियानअन्तर्गत इनड्राइभले डिजिटल सचेतनामूलक सामग्री, अन ग्राउन्ड एक्टिभिसन तथा शैक्षिक सत्रहरू सञ्चालन गर्ने बताइएको छ । यसले यात्रु र चालक साझेदार दुवैका लागि सुरक्षित अभ्यासहरू हुने अपेक्षा गरिएको छ । विशेष गरी महिला, विद्यार्थी र दैनिक यात्रुहरूलाई लक्षित गर्दै राइड–हेलिङ सेवा प्रयोग गर्दा जिम्मेवार व्यवहारलाई प्रोत्साहित गर्नु मुख्य उद्देश्य रहेको पोखरेलले बताइन् ।

‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईंकै रोजाइममा’ अभियान इनड्राइभको डिजिटल प्लेटफर्महरूमा सञ्चालन हुनेछ र यसलाई समुदाय संलग्नता मार्फत विस्तार गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार