Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपालगञ्जबाट २५ करोडभन्दा बढीको जडीबुटी निर्यात

नेपालगञ्जबाट २५ करोडभन्दा बढीको जडीबुटी निर्यात

अर्थ प्लस
नेपालगञ्जबाट २५ करोडभन्दा बढीको जडीबुटी निर्यात

काठमाडाैं। चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मसिर मसान्तसम्म नेपालगञ्जबाट २५ करोडभन्दा बढीको जडीबुटी निर्यात भएको छ।

सूचना अधिकारी खड्काका अनुसार उक्त अवधिमा रु २५ करोड २६ हजार बराबरको विभिन्न प्रकारका आठ लाख ४१ हजार ३३८ केजी जडीबुटी निर्यात भएका छन्। जुन गत वर्षको सोही अवधिको तुलनामा रु १० करोडभन्दा बढी हो। गत आवको सोही अवधिमा रु १४ करोड ६२ लाख ७९ हजारको जडीबुटी निर्यात भएको थियो।

नेपालगञ्ज नाकाबाट विशेष गरी टिमुर, काउलो, सतुवा, बोझो, दालचिनी, अमलालगायत जडीबुटी निर्यात हुने गरेको छ। नेपालगञ्जबाट ८५ प्रतिशत जडीबुटी भारत निकासी हुने गरेको नेपालगञ्जस्थित जडीबुटी व्यवसायी संघका अध्यक्ष टंक शर्माले बताए। पछिल्लो केही वर्षमा जडीबुटी निर्यात पुनःबढेको उनको भनाइ छ।

उनका अनुसार, हिमाली जिल्लामा जडीबुटी संकलन इजाजत र छुट पुर्जी लिन सदरमुकाम जानुपर्ने झन्झट छ। साना व्यवसायीले जडीबुटी ओसारपसार गर्न नसक्ने अवस्था छ। पहिचान भइसकेका जडीबुटी प्लान्ट क्वारेन्टाइनमा सूचीकृत नहुँदा विदेश निर्यातमा समस्या हुने गरेको उनको भनाइ छ। 

सम्बन्धित समाचार